'मेरा केहि सपना छैनन्, अब पोखरेलीका सपना नै मेरा हुन्' - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

‘मेरा केहि सपना छैनन्, अब पोखरेलीका सपना नै मेरा हुन्’



कास्की । देशभर चाँसो र चर्चाको विषय बनेको कास्की २ मा यतिखेर चुनावी माहोलको तापक्रम निकै बढेको छ । त्यहाँका उम्मेद्वारहरूलाई पनि भ्याई नभ्याई छ ।

कास्की २ मा नेकपा उम्मेदवार विद्या भट्टराईले शनिबार पोखरेलीका घरदैलोमा पुगेकी छन् । भएका ठाउँमा पैदल र नभएका ठाउँमा गाडीमा हिडेकी विद्यालाई १ सय १० वर्षीय गौरी आचार्यको आर्शीवाद लिएकी छन् ।

विद्याले बालबालिका, वृद्धवृद्धा, अपांग, दलित र विकासको मूल प्रवाहबाट पछि परेको समुदायलाई सशक्तीकरण गर्न अहिलेको सरकारले ऐन, कानुन निर्माण गरिरहेको बताइन् । उनले पोखरा ११ मा रहेको काहुँ घरहरा लगायतका पर्यटकीय क्षेत्रलाई देशविदेशमा चिनाउनु आफ्नो उद्देश्य रहेको सुनाइन् ।

पोखरा ११ का मतदातालाई उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको सपना छ । सबै पोखरेलीको सपना नै मेरो एजेन्डा हो ।’

उनले दुःखद् परिस्थितिका कारण शोकलाई शक्तिमा बदलेर जनतामा आएको उल्लेख गरिन् । उनले ५ वर्षका लागि जनमत पाए पनि बीचमै उपचुनाव गर्नुपर्ने अवस्थामा जनताले फेरि नेकपा, अहिलेको सरकार र आफूलाई सानदार रुपमा विजयी गराउने अपेक्षा ब्यक्त गरिन ।