टिप्परले जिप र कारलाई ठोकेपछि सात घाइते - Himal Post Himal Post
  • २१ कार्तिक २०८१, बुधबार
  •      Wed Nov 6 2024
Logo

टिप्परले जिप र कारलाई ठोकेपछि सात घाइते



तनहुँ । तनहुँको कोत्रेखोलामा टिप्परले टिप्परले जीप र कारलाई एकैपटक ठक्कर दिएपछि भयनाक दुर्घटना भएको छ ।

तनहुँ शुक्लागण्डकी नजिकैको कोत्रे खोला पुलमा भएको उक्त दुर्घटनामा सात जना घाइते भएका छन् । ठक्करबाट कार चालक पोखरा १० रामबजार निवासी २९ वर्षीय युवराज भट्टराई गम्भीर घाइते भएका कास्की प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट ग २ च ५४६९ नम्बरका कारलाइ ठक्कर दिएको र लगत्तै अर्को एउटा जीपलाई समेत ठक्कर दिएको बताइएको छ ।

शनिबार विहान पोखराबाट दमौलीतर्फ तर्फ आउदै गरेको ग १ ख ७८४७ नम्बरको टिपरले कारलाई ठक्कर दिएको र त्यस लगत्तै जिपलाई ठक्कर दिएको बताइएको छ ।
जिपमा सवार ५ जना पनि घाइते भएका छन् । उपचारका लागि उनीहरुलाई गण्डकी मेडिकल कलेज ल्याइएको छ ।

उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । फाइल तस्बिर