प्रधानमन्त्री ओलीको ग्रान्डीमा आज डाइलासिस
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको तेश्रो डाइलासिस हुने भएको छ। ग्रान्डी इन्टरनेसनल हस्पिटलमा शनिबार(आज) तेस्रोपटक डायलासिस हुने भएको हो ।
अघिल्लो साता दुई पटक डाइलासिस गरेका प्रधानमन्त्री ओलीकोशनिबार बिहान तेश्रो डाइलासिस हुन लागेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार उनको नियमित स्वास्थ्य परीक्षण र डायलासिस गर्नुपर्ने भएकाले शनिबार बिहान अस्पताल जान लागेका हुन् । प्रधानमन्त्री ओलीलाई यसअघि भाइटीकाको भोलिपल्ट पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो ।
ग्रान्डी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको चिकित्सकहरूले बताएका छन् ।