सर्वोच्चले माग्यो सरकारको लिखित जवाफ - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

सर्वोच्चले माग्यो सरकारको लिखित जवाफ



काठमाडौं । सर्वोच्च अदालतले कालापानी विवादबारे सरकारको लिखित जवाफ माग गरेको छ।

अधिवक्ता कञ्चन कृष्ण न्यौपानेले बुधबार दायर गरेको रिटमाथी सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको इजलासले आज सरकारको लिखित जवाफ माग गरेको हो । 

अधिवक्ता न्यौपानेले भारतले सुस्ता, कालापानी र लिम्पियाधुरा क्षेत्रको नेपाली भूमि अतिक्रमण गर्दा पनि सीमाना निर्धारण गर्न कूटनीतिक पहल नगरी सरकार मौन बसेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।