विद्या भट्टराईको उमेम्दवारीले महिलालाई थप ऊर्जा - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

विद्या भट्टराईको उमेम्दवारीले महिलालाई थप ऊर्जा



कास्की- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सीता गिरीले विद्या भट्टराईको उमेम्दवारीले राजनीतिमा महिलालाई थप ऊर्जा मिलेको बताएकी छन् । कास्की–२ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिद्या भट्टराई स्वर्गीय रवीन्द्र अधिकारीपत्नी मात्र नभई महिलानेत्री एवं प्राज्ञिक व्यक्तिसमेत रहेको हुँदा नेपाली राजनीतिलाई पनि नयाँ गति मिल्ने उनको भनाई थियो ।

पोखरा–७ मा आयोजित चुनावी कार्यक्रममा गिरीले उम्मेदवार भट्टराईले स्वर्गीय अधिकारीको अधूरा सपना पूरा गर्न आफू राजनीतिमा होमिएको बताइन । उनले आरोप प्रत्यारोपको राजनीतिबाट टाढा रहेर आफू स्वच्छ र पारदर्शी राजनीतिमा विश्वास गर्ने बताइन।

आफूलाई मतदाताले गरेको विश्वास र आग्रहलाई स्वीकार्दै अधिकारीको अधूरा सपना पूरा गर्ने प्रतिबद्धता बोकेर चुनावी अभियानमा होमिएको बताइन । पोखरा चक्रपथ, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायत महत्वपूर्ण कार्य पूरा गरेरै छाड्ने उनले प्रतिबद्धता व्यक्त गरिन ।

उनले समाजमा व्याप्त असमानताको अन्त्य गर्दै सुकुम्बासीलाई लालपुर्जा दिलाउने आफ्नो कार्यदिशा रहको बताइन । पोखरा–७ को विशेषगरी प्रगतिनगर र प्रगतिटोल सुकम्बासी बस्ती पर्दछ ।

नेकपा गण्डकी सह–इञ्चार्ज खगराज अधिकारीले सो क्षेत्र झपिन्द्र कार्की र ऋषि परियारले शहादत गरेको क्षेत्र रहेको स्मरण गर्दै शहीदको सपना पूरा गर्ने दिशामा नेकपा सधैँ अग्रपङ्क्तिमा रहेको बताए ।