भारतको सबैभन्दा ठूलो निजि बैंक नेपालमा आउंदै - Himal Post Himal Post
  • २१ कार्तिक २०८१, बुधबार
  •      Wed Nov 6 2024
Logo

भारतको सबैभन्दा ठूलो निजि बैंक नेपालमा आउंदै



काठमाडौं- भारतको सबै भन्दा ठुलोबैंक नेपाल आउने भएको छ।

भारतीय निजी क्षेत्रले लगानी गरेको यो बैंक आईसीआईसीआई बैंक नेपाल भित्रने भएको हो ।

बैंकले नेपालमा सम्पर्क कार्यालय खोल्ने प्रकृया अगाडी बढाएको हो ।

सम्पर्क कार्यालय खोल्नको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ताको काम गरिसकेको बताइएको छ

अब राष्ट्र बैंकले अनुमति दिएपछि औपचारिक रुपमा आईसीआईसीआई बैंकको नेपालमा सम्पर्क कार्यालय खुल्ने छ ।

मुम्बईमा मुख्यालय रहेको आईसीआईसीआई बैंकको ४ हजार ८८२ वटा शाखा रहेका छन् ।