प्रधानमन्त्रीको उपचार: अमेरिकामा यसरी खोजिँदैछ विकल्प - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

प्रधानमन्त्रीको उपचार: अमेरिकामा यसरी खोजिँदैछ विकल्प



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय १२ वर्ष अगाडी प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि उपचारको विकल्प खोज्दै छन्।

उपचारकै विकल्प खोज्न प्रधानमन्त्री ओलीकी निजि चिकित्सक अमेरिका पुगेकी छन्। उनि आवस्यक सबै रिपोर्ट र कागजात बोकेर कात्तिक २४ मा टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर उपचारको बैकल्पिक खोजीमा जुटेकी छन् ।

यसअर्थमा अब प्रधानमन्त्रीको मृगौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ। मृगौला उपचारका विभिन्न विधि र प्रयोगहरू भैरहेका छन् । एक पटक प्रत्यारोपण गरिसकेको मृगौला पुन प्रत्यारोपण गर्न केहि जोखिम भएको नेपालका डाक्टरहरूको निष्कर्षपछि अमेरिकामा यसको नवीनतम प्रयोग भैरहेकोले त्यहाँ लैजाने तयारी भैरहेको स्रोतको दाबी छ ।

यसैका कारण विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई पनि नोभेम्बर कात्तिक २७ र २८ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर लागेको बताइएको छ । तर डा. दिव्या सिंह र उनको उद्देश्य एउटी भएको पनि बताइएको छ ।

स्रोतका अनुसार अमेरिकामा कहाँ र कस्तो विधिबाट गर्ने छलफल भैरहेको छ ।