वडाध्यक्षका दावेदारहरुनै कांग्रेसमा प्रवेश गरेपछि…
रामेछाप– वडाध्यक्षका दुइ जना दाबेदार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। रामेछाप जिल्लाको उमाकुण्ड गाउपालिका–५ प्रितिका नेकपाबाट वडाध्यक्षका दुइ जना दाबेदार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
मंसिर १४ मा हुने उपनिर्वाचनका लागि पार्टीले वडाध्यक्षको टिकट नदिएको भन्दै सत्तारुढ नेकपाका पदम बहादुर तमाङ र चित्र बहादुर तमाङ सोमबार कांग्रेसमा प्रवेश गरेको बताइएको छ ।
दुबैलाई गाउँ इकाइ कमिटीले वडाध्यक्षका उम्मेदवारका लागि सिफारिस गरेर जिल्ला कमिटीमा पठाएको थियो।
उनीहरू २ सहित १० जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस रामेछापले जनाएको छ।
उक्त वडामा यस अघि एमालेबाट निर्वाचित वडाध्यक्ष कुविर खत्री कोसीमा हामफालेर आत्महत्या गरेका कारण पुनः निर्वाचन हुन लागेको हो।