आलमलाई जोगाउन काङ्ग्रेसले फेरी निकाल्यो जुलुस - Himal Post Himal Post
  • २७ जेष्ठ २०८३, बुधबार
  •      Wed Jun 10 2026
Logo

आलमलाई जोगाउन काङ्ग्रेसले फेरी निकाल्यो जुलुस



रौतहट : बम विष्फोटका घाइतेलाई इटा भट्टामा हालेर मारेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमको समर्थनमा गौरमा फेरि लुजुस निस्किएको छ।

आलममाथि थुनछेक बहस चलिरहेकै बेला उनका सर्मथकहरुले दोश्रो पटक मौन जुलुस निकालेका हुन्। जुलुसमा नेपाली काङ्ग्रेसकै नेता तथा कार्यकर्ता पनि छन्। नेता आलमको निर्शत रिहाइको माग गदै मौन जुलुस लिकालिएको जुलुसमा सहभागी नेपाली कांग्रेसका नेताले बताए।

बिपी चोकबाट निस्केको जुलुशले जिल्ला अदालत हुदै गौर भन्सार पुगेर टुंगिएको छ । यसअघि पनि यसैगरी मौन जुलुश निकालिएको थियो ।

राजपुरमा बम विष्फोटको मुख्य नाइके भन्दै १२ वर्षपछि रौतहट प्रहरीले गत असोज २६ गते आलमलाई गौरबाट पक्राउ गरेको थियो ।