भारतका उद्योगमन्त्रीले दिए राजीनामा - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

भारतका उद्योगमन्त्रीले दिए राजीनामा



काठमाडौं- भारतका केन्द्रीय मन्त्री अरविन्द सावन्तले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिमण्डलबाट राजीनामा दिएका छन्।

उनी शिवसेना पार्टीका तर्फबाट लोकसभाका सांसद हुन्। सावन्त मोदी सरकारमा ठूला उद्योगमन्त्री थिए। उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजीनामा घोषणा गरेका हुन्।

‘शिवसेना सत्यको साथमा छ। यस वातावरणमा दिल्लीमा सरकारमा रहनु भनेको के हो? यसकारण म केन्द्रीय मन्त्रीबाट राजीनामा दिन्छु’, ट्विटरमा उनले लेखेका छन्।

यस राजीनामाका साथ यो अपेक्षा गरिएको छ कि शिवसेना महाराष्ट्रमा भारतीय राष्ट्रिय कांग्रेसको सहयोगमा सरकार बनाउन गइरहेको छ। कांग्रेसले शिवसेना एनडीए गठबन्धनबाट बाहिरिए पछिमात्रै कांग्रेसले सहयोग गर्ने बताएपछि उनले राजीनामा दिएको बताइएको छ।