भिरबाट लडेर एक महिलाको मृत्यु - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

भिरबाट लडेर एक महिलाको मृत्यु



बझाङ । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बुङगल नगरपालिका–५ की ३२ वर्षीया अन्जना धामीको भिरमा खर काट्ने क्रममा लडेर मृत्यु भएको हो ।

शनिबार खर काट्न वीरेखोला, किलाहाल्ले भिरमा जादा भिरबाट लडेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । शनिबार साँझसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा धामी आइतबार मृत फेला परेकी प्रहरी कार्यालयले जनाएको छ ।