सुदुरपश्चिम प्रदेशका राज्यमन्त्री रावलद्वारा राजिनामा - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

सुदुरपश्चिम प्रदेशका राज्यमन्त्री रावलद्वारा राजिनामा



कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् ।

आर्थिक अनियमितताको आरोप लागेका राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजिनामा बुझाएका हुन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका राज्यमन्त्री रावलले कञ्चनपुरको महेन्द्रनगरमा रहेको जनज्योति बहुमुखी क्याम्पसको शेयर बिक्रीमा कृते र ठगीमा संलग्नताको आरोप लागेपछि छानबिनमा सहजता प्रदान गर्न नैतिकताका आधारमा राजिनामा दिएको आज एक प्रेस विज्ञप्ति जारी गर्दै
जानकारी दिएका छन् ।

विज्ञप्तिमा राज्यमन्त्री रावलले, क्याम्पसको शेयर बिक्रीमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै आफू लामो समय देखि संघर्ष र परिश्रम गरी राजनीतिक र व्यावसायिक जीवनयापन गरिरहेको उल्लेख गरेका छन् । साथै आफू माथि लगाउन खोजिएका झुठा आरोप तथा लाञ्छनाको निश्पक्ष र तथ्ययुक्त छानवीन होस् भन्दै छानवीनमा आफ्नो पूर्ण सहयोग रहने समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।