तेरियाले राखिन नेपालको शान, पछारिन धेरै भारतीयलाई - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

तेरियाले राखिन नेपालको शान, पछारिन धेरै भारतीयलाई



हिमाल पोस्ट /माघ ६

रूपन्देहीकी तेरिया मगरले भारतीय  टेलिभिजन कलर्सको ‘झलक दिखला जा’  प्रतियोगिताको उपाधि जितेकी छन्। बलिउड लाइफ अनलाइनले तेरियाले दुई प्रतिष्पर्धीलाई उछिन्दै उपाधि चुमेको बताएको छ।  भोटिङको आधारमा तेरियाले उपाधि जितेको अनलाइनले जनाएको छ।

यद्यपी यसको आधिकारिक घोषणा भइसकेको छैन। ‘झलक दिखलाँ जा’  को फिनाले शनिबार बेलुकी प्रशारण हुनेछ। तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधि पनि जितेकी थिइन् ।