सबै सल्लाहकारलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

सबै सल्लाहकारलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सबै सल्लाहकारलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन्।

शुक्रबार बालुवाटारमा सबै सल्लाहकारलाई बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। 

स्रोतका अनुसार शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीले छलफल गरेर यस्तो निर्णय लिएको बताइएको छ । आवश्यक परे फेरि नियुक्त गर्न सक्ने गरी तत्कालका लागि सबै सल्लाहकारलाई राजीनामा दिएर काम गर्ने बाटो खोलिदिन उनले निर्देशन दिएका हुन्।

पछिल्लो समय ओलीले फरक ढंगले काम अघि बढाउन चाहेका छन्। नयाँ ढंगले काम गर्न सजिलो होस् भनेर प्रधानमन्त्री ओलीले सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिएको स्रोतको दाबी छ ।

यी पनि

नेकपा भित्रै असन्तुष्टि ,प्रधानमन्त्रीका सल्लाहकार फेर्न दबाब

सल्लाहकारका कारण प्रधानमन्त्री ओलीको बदनाम

प्रधानमन्त्रीका सल्लाहकारको अर्को काण्ड