तीन महिनासम्म टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिने - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

तीन महिनासम्म टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिने



काठमाडौं । विश्व स्वतन्त्रता दिवसको अवसर पारेर टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिने भएको छ । ‘अकुपाई टुँडिखेल’ अभियानले मानव साङ्लो बनाएर शनिबार बिहान टुँडिखेल घेर्न लागेको हो । अतिक्रमणबाट जोगाउन दबाब दिने उद्देश्यले यस्तो तयारी गरिएको हो ।

काठमाडौंको मुटुमा अवस्थित एकमात्र विशाल खुला स्थान अतिक्रमणबाट जोगाउन दबाब दिने उद्देश्यले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन गरिएको बताइएको छ ।

शनिबार विहान ८ बजे टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक सुरुवात गरिने बताइएको छ । तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जनाएको छ ।

टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर अहिले टुँडिखेलको सानो हिस्सा सार्वसाधारणको पहुँचमा छ भने बाँकी कुनै न कुनै नाममा अतिक्रमित भएको छ ।

कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेको छ । टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको हो ।