भारतद्वारा कालापानीमा नेपालीलाई प्रवेश निषेध - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

भारतद्वारा कालापानीमा नेपालीलाई प्रवेश निषेध



काठमाडौं- भारतीय पक्षले महाकाली नदीवारि आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्रका स्थानीय ब्यासी (सौका) समुदायको परम्परागत पवित्र भूमि हो। तर त्यहाँ उनीहरूलाई प्रवेश निषेध छ।

त्यसैले उनीहरूले अतिक्रमित क्षेत्रभन्दा करिब २ सय मिटरवरै एउटा मन्दिर बनाउन चाहे। त्यसको निर्माणमा पनि भारतीय सुरक्षाकर्मीले अवरोध खडा गरेका छन्। यो खबर मनोज बडूले दार्चुलाबाट आजको कान्तिपुरमा लेखेका छन्।

कालापानी दार्चुलाको सबभन्दा उत्तरी ब्यास गाउँपालिका वडा नम्बर १ मा पर्छ।

त्यसमुन्तिरको पहिलो गाउँ छाङरुका बासिन्दालाई पूजा गर्न सजिलो होस् भनेर कालापानीमा कालो मन्दिर बनाउन ब्यास गाउँपालिको ४ लाख रुपैयाँ विनियोजन गरेको छ।