भारतले भन्यो: हामीले सीमा मिचेका छैनौँ - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

भारतले भन्यो: हामीले सीमा मिचेका छैनौँ



काठमाडौँ : नेपालका विभिन्न स्थानमा कालापानी सीमाक्षेत्रस्थित नेपाली भूमि भारतले मिचेको भन्दै विरोध जनाइरहँदा भारत सरकारले सीमा नमिचेको अभिव्यक्ति दिएको छ । भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा आफूहरुले नेपालसँगको सिमाना हेरफेर नगरिएको विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले बताए ।

बिहीबार नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै रविस कुमारले यस्तो बताएका हुन् । ‘हाम्रो नक्साले भारतको सम्प्रभुतालाई देखाउँछ। नयाँ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि या हेरफेर गरिएको छैन’, रविस कुमारले भनेका छन् । नेपाल र भारतको सम्बन्धको प्रसंगमा उनले दुई देशबीच मतभेद् पैदा गर्ने नीहित स्वार्थ औँल्याएका थिए ।

उनले भनेका थिए, ‘हामी आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न आफ्नो प्रतिबद्धता दोहोर्‍याउँछौं’ । साथै निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने स्वार्थ समूहहरुविरुद्व एकजुट हुनु जरुरी छ।’ ती स्वार्थ विरुद्द एकजुट हुनुपर्ने महत्वपूर्ण भएको उनको भनाइ थियो । भारत सरकारले हालै कालापानी क्षेत्र आफ्नो भूमिमा पार्ने गरी सार्वजनिक गरेपछि नेपालका विभिन्न राजनीतिक दल तथा समूहहरु आन्दोलित भएका छन् ।