अवैध सामान बोकेको ट्रक प्रक्राउ - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

अवैध सामान बोकेको ट्रक प्रक्राउ



हिमाल पोष्ट / बुटवल, ६ माघ । जिल्ला  प्रहरीले अवैध सामान बोकेको ट्रक प्रक्राउ गरी राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको छ ।

भैरहवा भन्सार कार्यालय वेलहीयाबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ८७७५ नं. को मिनी ट्रकमा प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा बढी सामान लोड गरी जाँदैछ भन्ने गोप्पे सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले मंगलबार साँझ भैरहवा अंचलपुर चेक पोष्टबाट चालक कमलबहादुर कामी सहित ट्रकलाई नियन्तरणमा लिएको थियो ।

उक्त नियन्तरणमा लिएको ट्रकलाई थप अनुसन्धानकालागि बुधबार राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवल पठाएको जिल्ला प्रहरी कार्यालय भैरहवाले जनाएको छ ।