कास्की २ को चुनाव: यसअघि कुन दलले कति भोट ल्याएका थिए ? - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

कास्की २ को चुनाव: यसअघि कुन दलले कति भोट ल्याएका थिए ?



कास्की । यतिबेला कास्की २ को देशैभरी चर्चा र बहस छ । आगामी मंसिर १४ गते कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनलाई लक्षित गदै दलहरुले आफ्नो उम्मेदवार घोषणा गर्न थालेका छन् तर, नेपाली काँग्रेसले भने हालसम्म आधिकारीक घोषणा गरेर उम्मेदरवारको टुंगो लगाउन सकेको छैन ।

उपनिर्वाचन हुन लागेको क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा रहेका छन् । तीमध्ये ४ वटा वडामा मात्र गएको स्थानीय चुनावमा कांग्रेसले जितेको थियो । बाँकी सबै वडाहरु एमालेको पोल्टामा गएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विद्या भट्टराईलाई उठाउने निर्णय गरेको छ । नेपाली काङ्ग्रेसबाट पुराना नेता खेमराज पौडेल उम्मेदवार बनेका छन् । समाजवादी पार्टी नेपालबाट धर्मराज गुरुङ र विवेकशील नेपाली दलबाट जमुना शर्मा रहेका छन् ।

त्यस्तै साझा पार्टीले रजनी के सीलाई उम्मेदवार बनाएको छ । त्यस्तै राप्रपाबाट रोमबहादुर भण्डारी उम्मेदवार रहेका छन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी ८ हजार ५ सय ४६ मतान्तरले विजयी भएका थिए ।

अघिल्लो चुनावमा सो क्षेत्रबाट कांग्रेस प्रत्यासी देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।

त्यसपछि विवेकशील साझाले ८ सय ४३, संघीय समाजवादी फोरमले ३ सय ४१, नयाँ शक्तिले २ सय ४१ नेकपा मालेले ५ सय ४९, स्वतन्त्र निर्मल खत्रीले १ सय १९ र मंगोल नेसनल अर्गनाइजेसनले १ सय ३० मत प्राप्त गरेको थियो ।