डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या



काठमाडौ । चिकित्सा शिक्षामा सुधारको माग राख्दै १७ औं अनसन सुरू गरेका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको बताइएको छ। उनको स्वास्थ्य अवस्था बिग्रदै गएको चिकित्सकहरुले बताएका छन् ।

उनले सोमबारदेखि डडेलधुरा अस्पताल नजिकै एक निजी घरमा सत्याग्रह सुरू गरेका हुन् । सत्याग्रहको तेस्रो दिन बिहीबार रक्तचापमा समस्या आएको डाक्टरले बताएका छन् ।

जनशक्ति अभाव भएकोले त्यही सेवा दिन सक्ने अवस्था नभएको जनाइएको छ ।

१७ औं सत्याग्रह सुरू गरेका उनले पूर्व सम्झौता अनुसार नै चिकित्सा शिक्षा ऐन संशोधन गरी जारी गर्नुपर्ने, आन्दोलनरत विद्यार्थीका माग पूरा गर्दै अवैध रुपमा असुल गरिएको शुल्क फिर्ता गर्नुपर्नेलगायतका सात बुँदे माग राख्दै उनले अनशन सुरू गरेका छन् ।