भारतको 'नक्साकाण्ड'ले नाकाबन्दी भन्दा ठुलो पिडा दिंदैछ - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

भारतको ‘नक्साकाण्ड’ले नाकाबन्दी भन्दा ठुलो पिडा दिंदैछ



काठमाडौ- लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको छ।

कालापानी र सुस्ताको सीमा विवाद मिलाउन गठन भएको परराष्ट्रसचिव स्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रुपमा नक्सा सार्वजनिक गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्ले र किरण दाहालले लेखेका छन्।

नाकाबन्दीले बिग्रिएको सम्बन्ध पछिल्लो समय सुधारिँदै गएको बेला भारतले नेपाललाई फेरि झस्काएको छ।

सन १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालापानीको मुहान हो।

र, कालापानी नै नेपाल भारत सीमाना हो। त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालीको मुहानको रुपमा निर्विवाद थियो।

सन् १९६२ मा चीनसँगको लढाइँपछि काली नदी तरेर पूर्वतर्फ लागेको भारतले नेपाली भूमि कालापानीमा फौज राखेको छ।

सीमाविवाद समाधान गर्न गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्रको निष्कर्षसमेत नपर्खी भारतले अतिक्रमित भूमिलाई आफ्नो नक्सामा समेटेको हो।

नापी विभागका महानिर्देशक कमल घिमिरेले भने भारतले सार्वजनिक गरेको नक्सा सीमा नक्सा नभएर आन्तरिक प्रयोजका लागि भारतले तयार गरेको सानो स्केलको नक्सा भएको दावी गरेका छन्।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले भने भारतले प्रकाशित गरेको नक्साको यकिन तथ्य बुझ्न नेपाल सरकारका सम्बद्ध निकाय सक्रिय सइसकेका बताएका छन्।