नेकपा केन्द्रीय सदस्य झक्कु सुवेदीलाई हृदयघात
काठमाण्डु– नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसभासद झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ ।
सोमबार बिहान श्रीमतीसहित दाङ जान हिंडेका सुवेदीलाई थानकोट पुगेपछि अकस्मात हृदयघात भएको हो ।
सुवेदीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । डा. जेपी जैसवाल नेतृत्वको चिकित्सक टोलीले उनको ब्लक भएको मुटुको भल्ब शल्यक्रियामार्फत खुलाएको पारिवारिक श्रोतले जनाएको छ ।
पारिवारिक सदस्यहरुका अनुसार हाल सुवेदीको अवस्था स्थिर छ ।