जेलमा महराका पार्टनर पूर्व डिआइजी र आइजीपी - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

जेलमा महराका पार्टनर पूर्व डिआइजी र आइजीपी



काठमाडौं- जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको कसुरमा पूर्व सभामुख कृष्णबहादुर महरालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।

कारागारमा पूर्वआईजीपी ठकुरीसँगै महरालाई सदरखोर डिल्लीबजारको ‘क’ ब्लकमा पूर्वआईजीपी रमेशचन्द ठकुरीसँगै राखिएको छ । ठकुरी सुडान घोटालामा प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल परेका हुन् ।

महरालाई सामान्य कैदी बस्ने कोठामा राखिएको हो । यसअघि उक्त कोठामा सुडान घोटाला प्रकरणमा सर्वोच्चबाट दोषी ठहर भएका पूर्वआईजीपी ओमविक्रम राणालाई समेत राखिएको थियो । राणा जेल सजाय भुक्तान गरी रिहा भइसकेका छन् । आजको कान्तिपुरमा खवर छ ।