मोटरसाइकल दुर्घटना: १३ लाख दिने सहमतिमा सडक सुचारु - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

मोटरसाइकल दुर्घटना: १३ लाख दिने सहमतिमा सडक सुचारु



विशाल पाण्डेय/सुखड,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका- १० पहलमानपुरमा बस र मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएपछि अवरुद्ध बनेको पुर्व पश्चिम् राजमार्ग सुचारु भएको छ ।

घटनाको विरोधमा अवरुद्ध पारिएको सडक दुई पक्षबिच भएको सहमती पछि खुलेको हो । पिडितलाई १३ लाख दिने सहमती पछि अवरोध हटेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

आइतबार साझ कञ्चनपुरको दोधारा चाँदनीबाट पिकनीक खायर नेपालगञ्ज तर्फ जादै गरेको भे १ ख १७३२ नंम्वरको बसले घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प ६३७६ नंम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक घोडाघोडी -१० का ४० बर्षिय राम बहादुर चौधरी तथा मोटरसाइकलमा सवार सोही ठाउँका ४२ बर्षिय मान बहादुर चौधरीको मृत्यु भएको थियो ।

दुर्घटनामा मोटरसाईकल चालक राम बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो भने मोटरसाईकलमा सवार मान बहादुर चौधरीको उपचारको क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।