बैठकमा माधव नेपालको 'नोट अफ डिसेन्ट' - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

बैठकमा माधव नेपालको ‘नोट अफ डिसेन्ट’



काठमाडौं ।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले नोट अफ डिसेन्ट राखेका छन् । उनले प्रदेश प्रमुख सिफारिसप्रति नोट अफ डिसेन्ट राखेका हुन् ।

नेता नेपालले यो प्रक्रिया ठिक नभएको भन्दै लिखित असहमती जनाएका छन् । प्रदेश प्रमुख सिफारिस एकलौटी र पूर्वाग्रहप्रेरित भएको उनको आरोप रहेको छ।

यसअघि पार्टीको प्रदेश इन्चार्ज तोक्ने गत साउन ३१ गतेको निर्णयका विरुद्ध पनि नेता नेपालले नोट अफ डिसेन्ट लेखेका थिए ।

सोमबार बसेको पार्टी सचिवालय बैठक सातवटै प्रदेश प्रमुख सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले उनीहरूलाई प्रदेश प्रमुख सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछिन् ।