बनेपामा स्थानीय र प्रहरीबीच झडप: प्रहरीसहित ८ घाइते
काभ्रे । बनेपामा प्रहरी र स्थानीयबीच झडप भएको छ । बनेपास्थित ठकुरी गाउँमा भएको झडपमा ८ जना घाइते भएका छन् ।
घाइते हुनेमा प्रहरी समेत रहेकोजनाइएको छ । फोहोर जलाउने मेसिन राख्नका लागि ठाउँ सम्याउने क्रममा झडप भएको प्रहरीले बतायो ।
नेपाल प्रहरी २५ र सशस्त्र प्रहरी ४० सहित एक वटा ब्याकहो लोडर जबरजस्ती लैजान खोजेपछि स्थानीय प्रतिरोधमा उत्रिएका थिए । स्थानीय प्रतिरोधमा उत्रिएपछि दोहोरो झडप भएको हो ।
झडपमा स्थानीय ५ र प्रहरी ३ जना घाइते भएका छन् । झडपमा प्रहरीले ९ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । झडपमा घाइतेको टाउकोमा चोट लागेको बताइएको छ ।
घाइते हुने स्थानीयहरूमा रामप्रसाद पौडेल(६५), मैना खत्री, सावित्री तिमल्सिना, भीमसेन थापा(२८), रामशरण तिमल्सिना रहेका छन् ।