देउवाकी सासुलाई ओली सरकारको राहत
काठमाडौं- नेपाली कांग्रेसको सरकारका पालामा अन्तिम चरणमा गरिएका सबै नियुक्तिहरूलाई सरकारले खारेज र बर्खास्त गएको छ । पछिल्लो पल्ट सरकार बनेको करिव २१ महिनामा प्रदेश प्रमुखहरूलाई बर्खास्त गरेपछि तत्कालिन सरकारका सबै नियुक्ति खारेज भएका हुन् ।
उनले १७ कात्तिकमा सबै प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय मन्त्रिपरिषदको बैठकबाट गरे । त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ का डा. गोविन्द बहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायस्थ, ३ का अनुराधा कोइराला, गण्डकी प्रदेशका बाबुराम कुँवर, ५ का उमाकान्त झा, कर्णाली प्रदेश का दुर्गा केशर खनाल र सुदुरपश्चिमका मोहनराज मल्ललाई पदमुक्त गरेको घोषणा गरिन् ।
यसअघि नै देउवाका पालामा भएका राजदूतहरूलाई ओली सरकारले फिर्ता बोलाईसकेको छ । तर, देउवाकी सासु प्रतिभा राणा जापानका लागि राजदूत छिन् । उनलाई अहिलेसम्म ओली सरकारले हटाएको छैन ।
देउवाका पालाका सबै निर्णयमाथि हात हाल्दा प्रतिभालाई जापानबाट फिर्ता नबोलाउनुमा ओलीले देउवालाई चिढ्याउन नचाहेको देखिन्छ । यसकारण पनि देउवा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुन सकिरहेका छैनन् । जसको लाभ ओलीले लिइरहेका छन् ।