कोहलपुरका डीएसपीमाथि छानबिन सुरु - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

कोहलपुरका डीएसपीमाथि छानबिन सुरु



नेपालगन्ज : कोहलपुरका प्रमुख डीएसपी हेमबहादुर शाहीबारे छानबिन सुरु भएको छ। प्रदेश ५ प्रहरीले इलाका प्रहरी कोहलपुरका प्रमुखमाथि उनको आचरणबारे छानबिन सुरु गरेको हो ।

एसएसपी नरबहादुर केसी संयोजकत्वको छानबिन समितिले काम सुरु गरेको बताइएको छ । समितिलाई १० दिनको म्याद दिइएको आइतबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

जिल्ला प्रहरीले हतियार बरामद भएको घटनालाई अन्य प्रकरणमा नजोड्न आग्रह गरेको छ । प्रहरीले नेपाल तरुण दलका नेपालगन्ज नगर समिति सभापति सन्दीपजंग शाहलाई बिहीबार साढे ८ बजे नेपालगन्जको गनापुरबाट पक्राउ गरेको थियो। उनलाई पेस्तोलसहित पक्राउ गरेको प्रहरीको दाबी छ ।

त्यसलगत्तै डीएसपी शाहीले धम्क्याएको अडियो सार्वजनिक भएको थियो ।