कृष्णनगर काण्डका मुख्य दोषी पक्राउ
काठमाडौं- दुई दिन अघि कृष्णनगरमा भएको घटनाका मुख्य आरोपी जमाल शाहलाई प्रहरीले पक्राउ गरेको छ ।
मुर्ति विसर्जनको क्रममा झडपको अवस्था निम्त्याएको मुख्य व्यक्तिको रुपमा शाह दोषी रहेको बताइएको छ । प्रहरीले भने शाहलाई अझै सार्वजनिक गरेको छैन ।
हिमालपोस्टलाई स्रोतले बताएअनुसार शाहलाई कृष्णनगरबाट जिल्ला सदरमुकाम तौलिहवा लागिएको छ ।
लक्ष्मीपुजाको मुर्ति विर्सजन गर्दा हिन्दु र मुश्लिम समुदायबीच तनाव उत्पन्न भएकोले स्थानीय प्रशासनले कार्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु उल्लङ्घन गर्दा प्रहरीको गोली लागि १ जनाको मृत्यु समेत भएको थियो ।