लागू औषधसहित दुई जना भारतीय नागरिक पक्राउ
हिमाल पोस्ट / कैलाली ।
कैलालीमा अवैध लागु औषध कोरेक्स सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरीएको छ ।
भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा धनगढी उपमहानगरपालिका -२ पुरानो भन्सार रोडबाट लागु औषध कोरेक्स सहित २ जना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल नं ५३ गुल्मको गस्ती टोलिले शनिबार बिहान पक्राउ गरेको हो ।
चेकजाच गर्ने क्रममा १ सय मिलीलिटरका ४७ वटा बोतल सहित भारत लखिमपुरका ३१ बर्षिया मोहमद अफ्जल अस्लम र २५ बर्षिया रहेमत अलिलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नं ५३ गुल्मले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट एक मोटरसाईल पनि बरामद गरिएको छ । उनीहरुले युपी ३१ जे ४१०७ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई उक्त परिमाणका लागु औषध नेपाल ल्याउदै गरेका थिए । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा पठाईएको सशस्त्र प्रहरी बल नं ५३ गुल्मले जनाएको छ ।