बालक मृत्यु प्रकरण : १३ लाख दिने सहमतिमा ७ घण्टापछि राजमार्ग सुचारु - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

बालक मृत्यु प्रकरण : १३ लाख दिने सहमतिमा ७ घण्टापछि राजमार्ग सुचारु



विशाल पाण्डेय / सुखड ।
कैलालीको बर्दगोरीया गाउपालिका- १ बौनिया बजार नजिकै बसको ठक्करबाट घाईते भएका दुई जना बालकको उपचारका क्रममा मृत्यु भएपछि अवरुद्ध रहेको पुर्व पश्चिम् राजमार्ग सुचारु भएको छ ।

बसको ठक्करबाट ज्यान गुमाएका दुई बालकका परिवारलाई १३ लाख दिने सहमति भएपछि करिब ७ घण्टापछि राजमार्ग सुचारु भएको हो ।

शुक्रवार समेत अवरुद्ध बनेको राजमार्ग दुवै पक्षबिच वार्ता गर्दै विवाद टुङ्ग्याउने सहमतिमा सुचारु गरिएपनि पीडित पक्षले माग संम्वोधनमा बेवास्ता गरेको भन्दै शनिवार पुनः राजमार्ग अवरुद्ध पारेका थिए । केहीबेर अघि यातायात व्यवसायी, मृतकका परिवार र प्रशासन बीच भएको छलफलमा मृतकका परिवार लाई १३ लाख क्षतीपुर्ति दिने सहमति भएपछि पुर्व पश्चिम् राजमार्ग सुचारु भएको हो ।

विहिबार साझ ५ बजेतिर महेन्द्रनगर बाट काठमाण्डौ जाँदै गरेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको बसले साईकलमा सवार दुई जना बालकलाई ठक्कर दिदा बर्दगोरीया गाउपालिका-१ का ८ वर्षिय अन्सु चौधरी र घोडाघोडी नगरपालिका- ८ का १२ वर्षिय लक्ष्मण चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।

उपचारका क्रममा लक्ष्मण चौधरीको नेपालगंज स्थित नर्सिङ्ग होममा मृत्यु भएको थियो भने अन्सु लाई नेपालगंजबाट थप उपचारका लागी भारतको लखनउ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।