महरा काण्ड: चस्मा महराकै भएको प्रमाण भेटियो - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

महरा काण्ड: चस्मा महराकै भएको प्रमाण भेटियो



काठमाडौं- घटनास्थलबाट बरामद भएको फुटेको चस्मा निवर्तमान सभामुख कृष्णबहादुर महराकै भएको पुष्टि प्रहरीले चस्मा पसलबाट समेत गराएको छ।

महराले प्लस २.७५ पावरको चस्मा लगाउने गर्दथे।

घटनास्थलमा बरामद चस्मा पनि सोही पावरको भएकाले सो चस्मा महराकै भएको पुष्टि हुने अभियोगपत्रमा उल्लेख छ। यो खबर आजको नयाँ पत्रिकाले छापेको छ।

महराले चस्मा खरिद गरेको नागपोखरीस्थित डा. सन्दुक रुइतको ‘आई केयर क्लिनिक’ ले नै त्यसको पुष्टि गरिदिएको हो।