दङ्गा भड्काउन भारतबाट ठूलो समूह कपिलवस्तुमा, एक भारतीय मारीए - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

दङ्गा भड्काउन भारतबाट ठूलो समूह कपिलवस्तुमा, एक भारतीय मारीए



कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । कफ्र्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो ।

त्यसरी गोली लागेर मृत्यु हुनेमा भारतको सिद्धार्थ नगर जिल्लाका बासिन्दा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । उनी वढ्नीसंँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएका व्यक्ति भएको बताइएको छ ।

कृष्णनगरमा भएको झडपमा थप उत्तेजित तुल्याउन उनीसहितको ठूलो समूह नेपाल भित्रिएको प्रहरीले आकलन गरेको छ । प्रदर्शनमा सहभागी धेरै नागरिक अनुहार नचिनिएका रहेको समेत स्थानीयवासीको भनाइ छ ।