कपिलवस्तुमा गोली चल्यो, एक जनाको मृत्यु, प्रहरी समेत घाइते - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

कपिलवस्तुमा गोली चल्यो, एक जनाको मृत्यु, प्रहरी समेत घाइते



कपिलवस्तु : मूर्ति बिसर्जन गर्ने विषयमा दुई समूहबीचको झडपले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको छ ।

झडपलाई नियन्‍त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाएको थियो । स्थिति नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले कर्फ्यु घोषणा गरेको हो।

लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको थियो।

स्थानीय सुरज पाण्डेको गोली लागि मृत्यु भएको छ। उपचारका क्रममा पाण्डेको मृत्यु भएको जनाइएको छ।

विवादले उग्ररूप लिएपछि स्थिति नियन्त्रणका क्रममा स्थानीयसँग प्रहरी पनि घाइते भएका छन्।