अस्पतालको बेडबाटै प्रधानमन्त्रीले भने: म छिट्टै फर्कन्छु - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

अस्पतालको बेडबाटै प्रधानमन्त्रीले भने: म छिट्टै फर्कन्छु



काठमाडौँ । बुधबारदेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीले आफू छिट्टै काममा फर्किने बताएका छन्। उपचाररत प्रधानमन्त्री ओलीले अस्पतालको बेडबाटै यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीका प्रेश सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार प्रधानमन्त्रीले आफू चाडै काममा फर्कने बताएक छन्। आत्मविश्वासका साथ् काममा फर्कने बताएका ओलीको बिहीबार दिउँसोसम्म डिस्चार्ज हुने चिकित्सकहरुले बताएको समेत अर्यालले जनाएका छन्।

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख थियो । ग्राण्डी अस्पतालमा डा. सिहबाहेक डा. चक्रराज पाण्डे, दीलिप शर्मा र डा. प्रेम ज्ञवालीको टिम उपचारमा संलग्न रहेका छन् ।