ग्राण्डी अस्पतालमा ओलीको उपचार हुँदै: यस्तो छ अवस्था - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

ग्राण्डी अस्पतालमा ओलीको उपचार हुँदै: यस्तो छ अवस्था



काठमाडौं : स्वास्थ्यमा गम्भीर स्वास्थ्य समस्या देखिँदा सिंगापुर र अन्य देशमा जाने गरेका ओलीको नेपालमा पनि उपचार जारी छ।

यसअघि सिङ्गापुरको नेशनल युनिभर्सिटी अस्पतालमा प्लाज्माफेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरेर प्रम ओली गत भदौ २० भदौ फर्किएका थिए।

ओलीले सिंगापुरबाट फर्किएपछि त्रिवि शिक्षण अस्पतालमा दुई पटक स्वास्थ्य परीक्षण गराएका थिए। यसबीचमा छाउनीस्थित सैनिक अस्पतालमा उनको मिर्गौलाको बायोस्पी पनि गरिएको छ।

पछिल्लो पटक बुधबार एकाएक बिरामी भएपछि उपचारको लागि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेका छन्। मिर्गौलाका बिरामी प्रधानमन्त्री ओलीलाई ज्वरो आउने र टाउको दुख्‍ने समस्या देखिएपछि बुधबार बिहानै सरकारी निवास बालुवाटारबाट ग्रान्डी लगिएको थियो।

ओली यसअघि नियमित उपचारका लागि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए। तर पछिल्लो दुई पटक उनी ग्रान्डी अस्पतालमा उपचारका लागि गएका छन्।