पढ्नकै लागि सिङ्गापुर पुगे गगन थापा, सिङ्गापुरमै भाइटिका - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

पढ्नकै लागि सिङ्गापुर पुगे गगन थापा, सिङ्गापुरमै भाइटिका



काठमाडौँ–नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापा अध्ययनका लागि सिंगापुर पुगेका छन् । यसअघि उनि अध्ययनकै लागि अमेरिका पुगेका थिए ।

थापाले सामाजिक सञ्जालमार्फत आफू अध्ययनका लागि सिंगापुर पुगेको जानकारी दिएका हुन् ।

उनले जनाएअनुसार, शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा उनले अध्ययन गर्नेछन।

सिंगापुरको नानयाङ टेक्नोलोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा एक साता रहने र त्यहाँ रहँदा शहरको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने थापाले जानकारी दिए ।

वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा अध्ययनका लागि उनी त्यहाँ पुगेका हुन् । केही महिना पहिले थापाले अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सांर्वजनिक प्राशसन’ शीषकको कोर्स गरेका थिए ।

थापाले सिंगापुरमै नेपाली चेलीको हातबाट तिहारको टीका लगाएको पनि जनाएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘कस्तो सुखद संयोग! अध्ययनको लागि सिगांपुरमा आउँदा पनि भाइटीका छुटेन। यही बसोबास गरेर बसेकी बहिनी निर्मला नकर्मी चान सँग भाइटीका । ३० वर्ष देखि भाइटीका लगाइरहेको बहिनीसँग आज भने सिगांपुरे तरिकामा भाइटीका ।’