राप्रपाबाट निर्वाचित नेतासहित सयौँ नेकपामा प्रवेश - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

राप्रपाबाट निर्वाचित नेतासहित सयौँ नेकपामा प्रवेश



काठमाडौं । बैतडीमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित वडाध्यक्ष नै नेकपामा प्रवेश गरेका छन्। मेलौली नगरपालिका-३ का वडाध्यक्ष रघुवीरसिंह भाटले शुक्रबार नेकपामा प्रवेश गरेका हुन्।

नेकपाले मेलौली नगरकमिटीले आयोजना गरेको शपथ ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा वडाध्यक्ष भाटले नेकपामा प्रवेश गरेको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए।

भाटले २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिका-३ मा राप्रपाबाट वडाध्यक्ष पदमा जीत हासिल गरेका थिए। मेलौलीमा राप्रपा र कांग्रेस परित्याग गरेर १६५ जनाले नेकपामा प्रवेश गरेको जोशीले बताए।

यस्तै, एक कार्यक्रमकाबीच नगरकमिटी र वडाकमिटिका पदाधिकारीहरूलाई शपथ ग्रहण गराएको कार्यालय सचिव जोशीले बताए। अन्नपूर्णबाट ।