वैद्य भन्छन: प्रचण्डको विश्वास छैन, बाबुरामले राजनीति गर्न जान्दैनन् - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

वैद्य भन्छन: प्रचण्डको विश्वास छैन, बाबुरामले राजनीति गर्न जान्दैनन्



काठमाडौं–नेकपा क्रान्तिक्रारी माओवादीका महासचिव मोहन वैद्य किरणले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईका चर्को आलोचना गरेका छन् ।

तत्कालीन १० वर्षे जनयुद्धको समयमा भएको सहकार्यलाई स्मरण गर्दै उनले प्रचण्ड र बाबुरामले पुराना सबै कुरा बिर्सिसकेको आरोप लगाए । प्रचण्ड र बाबुरामले कम्युनिस्ट सिद्धान्त भुलेको पनि उनको आरोप छ ।

नेकपा क्रान्तिकारी माओवादी प्युठानले बुधबार गरेको पत्रकार भेटघाट कार्यक्रममा वैद्यले भने–‘प्रचण्डको विश्वास छैन, बाबुरामको राजनीति असम्भव छ, अब बाबुराम सकिए ।’

१० वर्षे सशस्त्र जनयुद्धको बेला एउटै धारमा उभिएर जनयुद्ध सफल पारेका तपाईँहरु अहिले किन फरक फरक ठाउँमा हुनुभएको ? भन्ने प्रश्नमा वैद्यको यस्तो जवाफ थियो ।

वैद्यले निर्वाहमुखी अर्थतन्त्रले राष्ट्र समृद्ध नहुने भन्दै वर्तमान सरकारले जनभावना अनुसार आफ्ना काम अगाडि बढाउन नसकेको पनि बताए ।