नेकपाका अर्का कमरेड पनि परस्त्रीको फन्दामा - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

नेकपाका अर्का कमरेड पनि परस्त्रीको फन्दामा



सत्तारुढ नेकपाका अर्का नेताको टेलिफोनमा भएको यौन संवाद छताछुल्ल भएको छ।

दुईवटी वैधानिक श्रीमती हुँदाहुँदै नेकपा कैलालीका अध्यक्ष तथा प्रेदशसभा सदस्य रतन थापाको तेस्री महिलासँगको टेलिफोन रेकर्ड सार्वजनिक भएको खबर आज बुधबार प्रकाशित हुने जनआस्था साप्ताहिकले छापेको छ।

थापाले ती महिलालाई डार्लिङ मात्रै भनेका छैनन्, पटक पटक यौन सम्बन्ध राखेको पुष्टि हुने गरी छिल्लिएका छन्।

आठ मिनेट लामो टेलिफोन संवादको संक्षिप्त रुप यस्तो छः

महिलाः किन फोन काटेको?

थापाः घरबाट छोरो आएको थियो बोलाउन। त्यसैले काटेको के। घर नजिकैको होटलमा अलिअल खाँदैछु।

महिलाः बूढी कता छन्?

थापाः घरमै।
महिलाः तपाईं माया नै गर्नुहुन्न?

थापाः किन गर्दिन, गर्छु त।

महिलाः रक्सी खाएको बेला मात्रै त हो, म हजुरले भनेको बेला भेट्न आउँछु।

थापाः अरे बाबा माया गर्छु क्या। हजुरजस्तो जहाजमा आउने हैसियत छैन। बरु भनिबक्स्योस् कहिले आऊँ?

महिलाः म भोली नै आउनु भन्छु।

थापाः ल ल टिकट पाए भोली नै आउँछु।

महिलाः खोइ माया गर्नुहुन्न।

थापाः सबै भइसकेको छ, अनि कस्तो माया चाहियो?

महिलाः त्यत्ति मात्रै हो र माया भनेको?

थापाले मेरो जीवनमा तिमी बाहेक अरु कोही छैनन्सम्म भन्न भ्याउँछन्।

साथीहरुसित छु, सबै चिज गरिसकेको छु, अब कस्तो माया चाहियो भन्दा महिला अरुको अघि आफ्नो कुरा भनेकाले होला रिसाएर फोन काट्छिन्।

थापा रक्सी खाँदै गरेका आफ्ना साथीहरुसँग भन्छन्, ‘महिलाहरु आफ्ना कुरा खोल्दा यस्तै गरेर रिसाउँछन्। यो महिला अर्बपति छ, नेवार समुदायकी हो। निकै राम्री पनि छ। यिनीहरुको अष्टे«लियातिर समेत कारोबार छ। श्रीमान छैन। एक छोरी छ। मैले नेपालगञ्ज आऊ भन्नेबित्तिकै काठमाडौँबाट जहाजको टिकट काटेर आइहाल्छे।’

दुई बिवाह गरेका थापाले जेठी श्रीमती र दुई छोरालाई अंशसमेत नदिएर अलपत्र पारेका छन् भने कान्छी श्रीमती टीकालाई लम्कीचुहा नगरपालिकाको उपमेयर बनाएका छन्।