प्रचण्डको टाउकाको मूल्य ५० लाख तोक्ने ‘भारतीय नागरिक’ भनिएका कँडेल नै थिए - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

प्रचण्डको टाउकाको मूल्य ५० लाख तोक्ने ‘भारतीय नागरिक’ भनिएका कँडेल नै थिए



काठमाडौं- भारतीय नागरिक भनिएका कांग्रेस सांसद देवेन्द्रराज कँडेल राजा ज्ञानेन्द्रको शासनकालका गृहराज्यमन्त्री थिए । उनको सरकारको प्रधानमन्त्री भने शेरबहादुर देउवा थिए ।

माओवादीको जनयुद्ध चरम उत्कर्षमा भएको त्यो समयमा माओवादी अध्यक्ष प्रचण्ड लगायत अन्य नेताको टाउकाको मूल्य तोकिएको थियो । तत्कालिन समयमा हालका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताको टाउको झोलामा ल्याउन उर्दी गर्ने अरू कोहि नभएर यिनै भारतीय नागरिक थिए ।

त्यो समयमा प्रचण्डको टाउकोको मूल्य तोकिएको थियो भने टाउकोको मूल्य ५० लाख तोकिएको थियो । तत्कालिन सरकारले गरेको निर्णय कार्यान्वयनका विषयमा बोल्दै प्रचण्ड, डा. बाबुराम भट्टराई र मोहन वैद्यको टाउको झोलामा ल्याए ५० लाख नगद दिने उनले बताएका थिए ।

तत्कालिन गृहराज्यमन्त्री रहेका उनै कँडेल भारतीय नागरिक भएका तथ्यहरू बाहिर आएका छन् ।