टोपबहादुर भन्छन: इतिहासमै सबैभन्दा बढी विकाश अहिले भएको छ - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

टोपबहादुर भन्छन: इतिहासमै सबैभन्दा बढी विकाश अहिले भएको छ



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले अपराधिक गतिविधिमा संलग्न कोहीपनि बाँकी नरहने बताएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले विगतका सरकारले ल्याउन नसकेको अपराधिक घटनालाई वर्तमान सरकारले बाहिर ल्याएर कार्वाही प्रक्रियालाई अघि बढाउने आँट गरिरहेको र अब अपराधमा संलग्न बाँकी रहन नहुने उनको तर्क थियो।

मंगलबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले कुनै पनि प्रकारको बचाउ नगर्ने दृढता पनि व्यक्त गरे।

रायमाझीले सरकारले विकास निर्माणको लहर चलाएको पनि बताए।

नेता रायमाझीले भने, ‘सडक, सञ्चार, सिंचाईको सुविधा गाउँगाउँमा पुगेको छ, इतिहासमा यस अघि यस खालको विकास निर्माणको लहर कहिल्यै चलेको थिएन।’