विप्लवले बर्खास्त गरेलगत्तै पक्राउ परे लोहनी
काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गुणराज लोहनीलाई पदबाट बर्खास्त गरेलगत्तै प्रहरीले पक्राउ गरेको छ ।
लोहनीलाई प्रहरीले भरतपुरस्थित उनकै घरबाट मंगलबार पक्राउ गरेको हो । प्रहरीले अहिले उनको घरमा खानतलासी गरिरहेको जनाएको छ ।
विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य रहेका लोहनीलाई स्वास्थ्य समस्याको कारण देखाउँदैं जिम्मेवारीबाट मुक्त गरेको जनाएको थियो ।
पार्टीको आठौं पूर्ण बैठकले उनलाई जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।