महरा परिवारलाई कसैले दिएनन डेरा, परिवारको बिजोग - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

महरा परिवारलाई कसैले दिएनन डेरा, परिवारको बिजोग



काठमाडौं- संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेर पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको परिवारलाई काठमाडौंका घरवालाले डेरा नै नदिएपछि उनीहरूको बिजोग भएको छ।

पद गुमेपछि बालुवाटारस्थित सरकारी निवास छाडेका उनीहरूले अनेक स्थानमा डेरा खोज्दा पनि नापाएपछि परिवार नै तनावमा छन्। अहिले उनको परिवारलाई डेरा पाउनै धौधौ भइरहेको छ।

गम्भीर आरोप लागेपछि पारिवारिक रुपमा तनाव झेलिरहेका उनीहरूलाई डेरा नपाउँदा झनै तनाव भएको बताइएको छ । अहिले महरा पत्नी धोबिघाटमा बसेको र छोराछोरी भने लाजिम्पाट बसिरहेको बताइएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले यौन दुर्व्यवहार आरोप लगाएपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएलगत्तै पक्राउ परेका महरा हाल प्रहरी हिरासतमा छन्।

उनीहरूको परिवारले डेरा नपाएको समस्याबारे यसअघि पनि समाचार बाहिरिएको थियो । यस बिषयमा महरानिकटहरूलाई बुझ्दा ठुलो परिवार भएकाले मिल्ने घर नपाएको बताउने गरेका छन् । तर यसको बास्तविकता भने अर्कै छ। उनीहरूलाई काठमाडौं आसपासका घरवालाले भाडामा दिन नचाहेको तथ्य खुलेको छ ।