प्रधानमन्त्रीले भने– एनआरएनको अर्को चुनावमा देश कायापलट भैसक्छ - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

प्रधानमन्त्रीले भने– एनआरएनको अर्को चुनावमा देश कायापलट भैसक्छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुलाई सकेसम्म स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभए विदेशबाटै गैरआवासीय नेपालीका रुपमा स्वदेशको विकासका लागि विविध क्षेत्रबाट योगदान गर्न आह्वान गरेका छन् ।

भर्खरै सम्पन्न गैरआवासीय नेपाली संघको नवौं अन्तर्राष्टिय सम्मेलननबाट निर्वाचित पदाधिकारीलाई बालुवाटारमा आमन्त्रण गरि बधाई–शुभकामना दिँदै उनले देशमा यसअघि कहिल्यैको भन्दा बढी भ्रष्टाचारका विरुद्धमा कारबाही चलिरहेको बताए ।

सुशासनका दिशामा उल्लेखनीय कामहरु भइरहको बताउँदै उनले भने, “दुई वर्षपछि अर्को अधिवेशनका समयमा तपाईंहरुले देशको मुहार निकै फेरिएको पाउनु हुनेछ ।”

गैरआवासीय नेपालीहरुले नेपालमा सामाजिक जागरण फैलाउन र समाजलाई नै उधमशीलतार्फ द्रूत गतिका साथ अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास आफूलाई भएको बताउँदै उनले भने, “अहिले तपाईंहरु गर्व गर्न सक्नु हुन्छ, अन्तर्राष्टिकय रुपमै नेपालको छवि माथि उठेको छ ।”