एकाएक फेरियो महराको बयान - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

एकाएक फेरियो महराको बयान



काठमाडाैँ– रोशनी शाहीलाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले आइतबार अदालतसमक्ष बयान दिएका छन् ।

बयानमा महराले आफु रोशनी शाहीको घरमा नगएको बताएका छन् । उनले आफूले रोशनी शाहीलाई फोन गरेको तर उनको निवासमा प्रवेश नगरेको बयान दिएका छन्।

अनुसन्धानका लागि म्याद थप गर्न अदालत पुर्‍याइएका महराले आफू त्यो दिन रोशनी शाहीसँग फोनमा कुरा भए बमोजिम उनको घर भएको क्षेत्रमा गएको तर त्यहाँ गएर फोन गर्दा उनले नउठाएको बयान दिएका हुन्। ‘उनले फोन नउठाएपछि म २५ मिनेट जति सोही क्षेत्रमा अल्मलिएर निवास फर्केको हुँ।’उनले भनेका छन् ।

महराले आफूलाई फसाउन षड्यन्त्र भएको बयान पनि सरकारी वकिलसमक्ष दिएका छन्। उनको डीएनए परीक्षणका लागि अदालतले थप अनुसन्धानका लागि भन्दै पाँच दिन थुनामा राख्न म्याद दिएको हो।

यसअघि महराले विभिन्न समाचार माध्यमलाई आफु रोशनीको घरमा गएको तर कुटपिट नगरेको बयान दिएका थिए ।