रोशनी शाहीको बयान: प्रहरीको दबाबमा उजुरी दिएको हुँ, महरा निर्दोष हुनुहुन्छ - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

रोशनी शाहीको बयान: प्रहरीको दबाबमा उजुरी दिएको हुँ, महरा निर्दोष हुनुहुन्छ



काठमाडौं- पूर्वसभामुख कृष्ण बहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लगाएर रोशनी शाहीले प्रहरीले जबरजस्ती उजुरी दिन दवाव दिएका कारण उजुरी दिएको बताएकी छन् ।

उनले प्रहरीलाई दिएको जाहेरी झुटो भएको बयान दिएकी छन्। प्रहरीले निवर्तमान सभामुख महराविरुद्ध जबरजस्ती उजुरी दिन दवाव दिएका कारण उजुरी दिएको पनि बयानमा उल्लेख गरेकी छन्।

काठमाडौं जिल्ला अदालतमा आइतबार उपस्थित भएर रोशनीले न्यायाधीश बाबुराम सुवेदीको इजलासमा प्रहरीको करकापमा आफूले जाहेरी दिन बाध्य भएको लिखित बयान दिएकी हुन्।

उनले प्रहरीको दवावका कारण आफूले जाहेरी दिएको र निवर्तमान सभामुख महरा निर्दोष रहेको उनले बयान दिएकी छन्।

उनले महराले आफूमाथि कुनैप्रकारको दुव्र्यवहार नगरेको भनी अदालतमा बयान दिएको बताइएको छ।