सभासद् पार्वत गुरुङ साधारण तारेखमा छुटे - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

सभासद् पार्वत गुरुङ साधारण तारेखमा छुटे



काठमाडौँ – ज्यानमार्ने उद्योगमा किटानी जाहेरी परेपछि पक्राउ पूर्जी जारी गरिएका नेकपाका सांसद पार्वत गुरुङ साधारण तारेखमा रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतमा आइतबार भएको थुनछेक बहसपछि न्यायाधिश पूर्णेश्वरप्रसाद उपाध्यायले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएका हुन्। दोलखाबाट प्रतिनिधि सभाका लागि निर्वाचित सांसद गुरुङ आइतबार  अदालतमा उपस्थित भएर बयान दिएपछि थुनछेक बहस सुरु भएको थियो।

गुरुङको पक्षबाट अधिवक्ताहरु शम्भु थापा, टिकाराम भट्टराईलगायतले बहस गरेका थिए।

नेकपाका कार्यकर्ता वीरध्वज खड्काले संघीय संसदका सदस्य गुरुङसहितले आफ्नो हत्या प्रयास गरेको भन्दै गौशाला प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

त्यसपछि प्रहरीले कात्तिक १४ गतेसम्मको म्यादसहितको पक्राउ पूर्जी जारी गरेको थियो। सांसद गुरुङ आफै आइतबार जिल्ला अदालत काठमाडौँमा हाजिर भएका हुन्।

नेकपाका दोलखाबाट निर्वाचित सांसद गुरुङमाथि तत्कालीन माओवादीका कार्यकर्ता वीरध्वज खड्काले हत्या प्रयासको आरोप लगाएका हुन्।

उनीमाथि २०७४ को चुनावअघि गौशालमा सार्वजनिक यातायातमा रहेका बेला कुटपिट भएको थियो। सोही घटनालाई लिएर सांसद गुरुङविरुद्ध किटानी जाहेरी भएको हो।