सन् २०२० मा संचालन गरिने कार्यक्रम सार्वजनिक - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

सन् २०२० मा संचालन गरिने कार्यक्रम सार्वजनिक



कैलाली । वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा कैलालीको गौरीगंगा नगरपालिकाको १० र ११ नं वडामा सन् २०२० मा संञ्चालन गर्ने कार्यक्रमको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

वल्र्ड भिजन इन्टरनेसनलसँगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज धनगढी, दिगो विकास समाज भजनी र बाल कल्याण संघ टिकापुरले यी वडामा संञ्चालन गरीने कार्य योजना सहितको बार्षिक कार्यक्रम सार्वजनिक गरेका हुन ।

वडा नं १० का अध्यक्ष पदम बहादुर ऐरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ११ नं वडाका अध्यक्ष विनोद चौधरीको पनि सहभागिता रहेको थियो । सामाजिक विकासका लागि सचेत समाजले ५ लाख ७२ हजार ९ सय को कार्यक्रम विवरण समाजका लक्ष्मण विकले प्रस्तुत गरेका थिए ।

यस्तै दिगो विकास समाज भजनीका विनोद शाहले २२ लाख २६ हजारको समुदायमा आधारीत कृषक समुह लक्षीत कार्यक्रमका विवरण प्रस्तुत गरेका थिए । बाल विकासको क्षेत्रमा विपन्न बर्ग समुदायका बाल बालिकाको क्षमता अभिवृद्धि गर्ने बाल कल्याण संघ टिकापुरले ९ लाख ५४ हजार बराबरको कार्यक्रम रहेको संघका तारा थापाले प्रस्तुति गरेका थिए ।

वडाका जनप्रतिनिधि, कृषक समुह, सहकारी संस्था लगाएतको सहभागितामा भएको कार्यक्रमको संञ्चालन दिगो विकास समाजका मुकेश चौधरीले गरेका थिए ।