मन्त्रिमण्डल पुनर्गठनबारे प्रचण्डको नयाँ खुलासा - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

मन्त्रिमण्डल पुनर्गठनबारे प्रचण्डको नयाँ खुलासा



काठमाडौँ –पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सरकार फेरबदलको कुनै सम्भावना नरहेको बताएका छन् ।शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले मिडियामा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको जिकिर गरे ।‘यति जना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ त्यसमा कुनै सत्यता छैन, हामीले त्यस्तो कुनै चर्चा गरेका छैनौँ’, प्रचण्डले भने ।

प्रचण्डले पत्रकारलाई यो प्रश्न आफूलाई नगर्न पनि आग्रह गरे । ‘सरकार फेरबदलको कुरा के हो?’, भन्ने पत्रकारको प्रश्नमा प्रचण्ड भन्छन्, ‘यो प्रश्न मलाई नसोध्दिए हुन्थ्यो भन्ने लाग्छ, यसमा ओलीजीले जे चाहनुहुन्छ त्यही हुन्छ ।’

पत्रकारले पुन: सोधेका थिए ‘तपाईँ पनि त पार्टीको अध्यक्ष हो नि’ ? यसमा प्रचण्डले भने, ‘हो म पनि अध्यक्ष हुँ, मन्त्री फेर्दा पक्कै मलाई सोधिन्छ होला तर अहिलेसम्म हामीबीच त्यस्तो कुनै छलफल र चर्चा भएको छैन ।’